व्यवसाय विस्तारमा आक्रमक एनआइसी एशियाको प्रगतिमा छलाङ, प्रतिशेयर आम्दानी कति ?

Jan 16, 2019 Merolagani

व्यवसाय विस्तारमा आक्रमक रुपमा प्रस्तुत भएको एनआईसी एशिया बैंक (NICA) ले चालू आवको दोस्रो त्रैमासमा उत्साहजनक प्रगति विवरण सार्वजनिक गरेको छ। बैंकले ६ महिनाको अवधिमा नै एक अर्ब ५१ करोड खुद नाफा कमाएको छ ।

बैंकले बुधबार प्रकाशन गरेको नेपाल फाइनान्सियल रिर्पो्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा खुद नाफा १६४ प्रतिशतले बढाएको हो । गत वर्षको पुसमसान्तसम्म बैंकको खुद नाफा ५७ करोड १७ लाख रुपैयाँ मात्र थियो ।

देशभरी शाखा सञ्जाल विस्तार गरेर व्यवसाय विस्तारमा लाग्दा बैंकको खुद नाफा उच्च रुपमा बढेको हो। समीक्षा अवधिमा बैंकले आफ्नो जगेडा कोषको आकार समेत उच्च दरले बढाएको छ । बैंकको शाखा सञ्जाल नै २७० पुगिसकेको छ ।

फ्रि प्रोफिट एक अर्ब २६ करोड

एनआईसी एशियाको ६ महिना अवधिको वितरण योग्य नाफा (फ्रि प्रोफिट) एक अर्ब २६ करोड छ । गत वर्ष बैंकको फ्रि प्रोफिट ५७ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्ट वापत २५ करोड १२ लाख रुपैयाँ व्यवस्था गरेको छ । एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

निक्षेप संकलन र कर्जा लगानीमा बढोत्तरी

एनआईसी एशिया बैंकले यस अवधिसम्ममा एक खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४९ अर्ब ३० करोड कर्जा परिचालन गरेको छ । गत वर्षको यसै अवधिमा बैंकमा निक्षेप एक खर्ब २० अर्ब तथा कर्जा एक खर्ब बढी रहेको थियो ।

 

नोट:रकमलाई हजारमा देखाइएको छ ।

खुद ब्याज आम्दानी ३ अर्ब ६० करोड

एनएफआरएस अनुसार बैंकले खुद ब्याज आम्दानीबाटै ३ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको प्रथम ६ महिना अवधिमा बैंकको खुद ब्याज आम्दानीबाट एक अर्ब ५४ करोड आर्जन गरेकोे थियो । यस अवधिमा बैंकले ९ अर्ब ६५ करोड ६१ लाख ब्याज आम्दानी गरेर ६ अर्ब ४ करोड ८५ लाख ब्याज खर्च गरेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । भने जगेडा कोषमा ४ अर्ब ४१ करोड जम्मा भएको छ ।

यस अवधिमा बैंकको आधार ब्याजदर ९.३३ प्रतिशत छ । जुन गत वर्षको यसै अवधिको तुलनामा भन्दा कम हो । बैंकको स्प्रेड दर भने ४.९८ प्रतिशत छ । बैंकको निक्षेप लागत ७.१६ प्रतिशत छ । बैंकको पूँजी कोष अनुपात ११.९७ प्रतिशत छ ।

बैंकको खराब कर्जा अनुपात सामान्य बढेर ०.३० प्रतिशत पुगेको छ । यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७८.७१ प्रतिशत छ ।

प्रतिशेयर आम्दानी वार्षिक २० रुपैयाँ बढ्यो

बैंकको प्रतिशेयर आम्दानी प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७ पैसाले बढेर वार्षिक ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । गत वर्ष यस्तो आम्दानी १४ रुपैयाँ २४ पैसा थियो ।

बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ९३ पैसा, तरलता अनुपात २०.८१ प्रतिशत छ भने मूल्यआम्दानी अनुपात ११.२५ र कूल सम्पतिमा प्रतिफल १.४१ प्रतिशत छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।