विकास सहायता परिचालन रकम १६ प्रतिशतले बढ्याे, एक अर्ब ६२ करोड डलर परिचालन

Jan 16, 2019 Merolagani

अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०७४/७५ को विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको छ। मन्त्रालयले गत आर्थिक वर्ष करिब १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर बराबरको विकास सहायता परिचालन भएको प्रतिवेदनमा उल्लेख छ। यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढी हो। 

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर सहायता परिचालन भएको थियो ।

यस अवधिमा परिचालित कूल सहायता रकममा ऋण सहायताको अंश ५०.५ प्रतिशत, अनुदान सहायताको अंश ३५.१ प्रतिशत र प्राविधिक सहायताको अंश १४.४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण सहायतामा बृद्धि भएको छ। भने प्राविधिक सहायतामा केही कमी आएको अर्थ मन्त्रालयले जनाएको छ।

प्राप्त सहयोग मध्ये ७८ प्रतिशत राष्ट्रिय बजेट प्रणाली मार्फत प्राप्त भएको छ। अझै २२ प्रतिशत सहायता राष्ट्रिय बजेट प्रणाली बाहिरबाट परिचालन भएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय बजेट प्रणाली मार्फत ७३ प्रतिशत प्राप्त भएको थियो।

यस अवधिमा परिचालित सहायता मध्ये ४५ प्रतिशत अर्थात ७२ करोड ७० लाख अमेरिकी डलर प्रत्यक्ष वा अप्रत्यक्ष जेन्डर सर्पोटसँग सम्बन्धित छ।

बहुपक्षीय विकास साझेदार मध्ये विश्व बैंक समूहले सबै भन्दा बढी ५३ करोड ३५ लाख अमेरिकी डलर सहायता प्रवाह गरेको छ। त्यस्तै एसियाली विकास बैंकले २९ करोड १७ लाख, युरोपियन युनियनले ११ करोड ७८ लाख, संयुक्त राष्ट्रसंघ समूहले ६ करोड ५६ लाख र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले १ करोड ५८ लाख अमेरिकी डलर सहायता गरेको छ।

बहुपक्षीय विकास साझेदाहरुको सहयोग द्धिपक्षीय साझेदार भन्दा बढी रहेको छ। परिचालित कूल सहयोग मध्ये बहुपक्षिय विकास साझेदारको ६४ प्रतिशत र द्विपक्षीय विकास साझेदारको ३६ प्रतिशत योगदान रहेको छ। द्धिपक्षीय साझेदारमा सबै भन्दा बढी बेलायतको योगदान छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।