Thu, Apr 18, 2024
नेपाल बङ्गलादेश बैंक (NBB) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १०.५३ प्रतिशत नगद लाभांश पुस १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।
बैंकको पुस २६ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट सो लाभांश पारित भएको थियो । पुस १३ गतेपछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुलाई पनि क्रमश खातामा नै लाभांश जम्मा हुने बैंकले जनाएको छ । साथै हालसम्म शेयर डिम्याट नगरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र बैंक खातामा विविध कारणले रकमान्तर हुन नसक्ने शेयरधनीको विवरण ग्लोबल आईएमई क्यापिटलको वेभसाइटमा राखिएकाले भन्दै बैंकले आफ्नो निक्षेप सदस्यकहाँ विवरण सच्चाउन भनेको छ । यसरी क्लियरिङ्ग हाउसको आइपीएस प्रणाली मार्फत नगद लाभांश जम्मा गर्दा कम्पनीको तर्फबाट कुनै शुल्क नलागे पनि शेयरधनीको खाता रहेको बैंकको नियम अनुसार कुनै दस्तुर लाग्ने भएमा शेयरधनीको लाभांश रकमबाट कट्टा गरि बाँकी लाभांश जम्मा हुने बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । बैंकले विगतका साधारण सभाबाट पारित बोनस शेयर र नगद लाभांश लिन बाँकी शेयरधनीलाई शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमलमा सम्पर्क गरी लाभांश लिन बैंकले सूचीत गरेको छ । बैंकले जारी गरेकाे सूचना यहाँबाट हेर्नुहाेस् :-
बैंकको पुस २६ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट सो लाभांश पारित भएको थियो । पुस १३ गतेपछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुलाई पनि क्रमश खातामा नै लाभांश जम्मा हुने बैंकले जनाएको छ ।
साथै हालसम्म शेयर डिम्याट नगरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र बैंक खातामा विविध कारणले रकमान्तर हुन नसक्ने शेयरधनीको विवरण ग्लोबल आईएमई क्यापिटलको वेभसाइटमा राखिएकाले भन्दै बैंकले आफ्नो निक्षेप सदस्यकहाँ विवरण सच्चाउन भनेको छ ।
यसरी क्लियरिङ्ग हाउसको आइपीएस प्रणाली मार्फत नगद लाभांश जम्मा गर्दा कम्पनीको तर्फबाट कुनै शुल्क नलागे पनि शेयरधनीको खाता रहेको बैंकको नियम अनुसार कुनै दस्तुर लाग्ने भएमा शेयरधनीको लाभांश रकमबाट कट्टा गरि बाँकी लाभांश जम्मा हुने बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
बैंकले विगतका साधारण सभाबाट पारित बोनस शेयर र नगद लाभांश लिन बाँकी शेयरधनीलाई शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमलमा सम्पर्क गरी लाभांश लिन बैंकले सूचीत गरेको छ ।
बैंकले जारी गरेकाे सूचना यहाँबाट हेर्नुहाेस् :-
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।