वाणिज्य बैंकहरुमा निक्षेप र कर्जाको असन्तुलन कायमै, यस्तो रह्यो ६ महिना

Jan 16, 2019 Merolagani

चालू आर्थिक वर्षको सुरुवात देखिनै कर्जा विस्तारमा आक्रमक देखिएका वाणिज्य बैंकहरुमा अझै पनि निक्षेप र कर्जाको असन्तुलन कायमै रहेको छ। कर्जा लगानीलाई अधिक प्राथमिकतामा राखेका बैंकहरुले अपेक्षित रुपमा निक्षेप बढाउन नसक्दा निक्षेप संकलन भन्दा कर्जा परिचालनकाे आकार बढ्दै गएको छ।

नेपाल बैंकर्स संघका अनुसार पुसमसान्त सम्ममा वाणिज्य बैंकहरुले कूल २६ खर्ब ५० अर्ब निक्षेप संकलन गरेर २३ खर्ब ४४ अर्ब कर्जा परिचालन गरेका छन् ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकहरुमा १८० अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले २३३ अर्ब कर्जा परिचालन बढाएका छन्। ६ महिनाको अवधिमा वाणिज्य बैंकहको निक्षेप भन्दा कर्जा परिचालनमा ५३ अर्ब बढी छ। यसले बैंकहरुको कर्जा र निक्षेप सन्तुलन हुन नसकेको देखाउँछ ।

चालु आर्थिक वर्षको सुरुवातसम्म बैंकहरुमा कूल निक्षेप २४ खर्ब ७० अर्ब र कर्जा २१ खर्ब ११ अर्ब थियो ।

 

पुस महिनामा ३० अर्ब रुपैयाँ निक्षेप बढाएका बैंकहरुले ३० अर्ब नै कर्जा परिचालन गरेका छन् । गत मंसिरमा वाणिज्य बैंकहरुले निक्षेप ५४ अर्बले बढेको थियो भने सो महिनामा ३१ अर्ब कर्जा परिचालन गरेका थिए। केन्द्रीय बैंकबाट स्थानीय तहमा रकम गएपछि मंसिर महिनामा बैंकहरुको निक्षेप सुधार देखिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिना श्रावणमा बैंकहरुको निक्षेप १५ अर्बले घटेको थियो भने सो महिनामा ४ अर्बले कर्जा बढेको थियो। भदौ र असोजमा कर्जा विस्तारमा आक्रमक देखिएका बैंकहरुले क्रमश ५९ र ७२ अर्ब कर्जा परिचालन गरेका थिए । जबकि भदौ र असोजमा बैंकहरुमा क्रमश ४७ र २१ अर्ब निक्षेप थपिएको थियो ।

कात्तिक र मंसिरमा भने बैंकहरु कर्जा विस्तारमा केहि संयमित देखिएका थिए । तर पुसमा आएर बैंकहरुको निक्षेप र कर्जा बराबर भएको छ ।

कार्तिकमा ४३ अर्ब निक्षेप थपिँदा बैंकहरुले ३७ अर्ब कर्जा परिचालन गरेका थिए भने मंसिरमा ५४ अर्ब निक्षेप थपिँदा ३१ अर्ब कर्जा परिचालन गरेका थिए । पुस महिनामा बैंकहरुमा ३० अर्ब निक्षेप थपिएको छ भने ३० अर्ब नै कर्जा परिचालन गरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।