सहारा विकास बैंकले २३ प्रतिशत बोनस वितरण गर्न डाक्यो साधारण सभा

Jan 16, 2019 Merolagani

देव विकास बैंकसँग विलिन हुने सम्झौता गरेको सहारा विकास बैंक (SHBL) ले माघ २३ गते ७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको १३० औं बैठकले सलार्हिको मलंगवा ८ स्थित होटेल कुसुम एण्ड पार्टि प्यालेसमा साधारण सभा आह्वान गरेको हो ।

साधारण सभामा बैंकले चुक्ता पूँजी ७ करोड २९ लाख ९४ हजार ८०० रुपैयाँको २३ प्रतिशत अर्थात एक करोड ६७ लाख ८८ हजार ८०४ रुपैयाँ बोनस शेयर तथा कर प्रयोजनका लागि १.२१ प्रतिशत (चार लाख ७२ हजार ५४५ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

तयसैगरि बैंकले मर्जर तथा प्राप्ती सम्बन्धमा छलफल गरि पारित गर्ने तथा देव विकास बैंकसँग प्राप्ती सम्बन्धमा छलफल गरि अावश्यक निणर्य गर्ने विशेष प्रस्ताव गरेकाे छ । मर्जर तथा प्राप्ती सम्बन्धमा आवश्यक सम्झाैता गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डा सभामा रहेकाे छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।