नेप्सेले लघुवित्तको २५ प्रतिशत बोनस शेयरपश्चात प्रतिकित्ता ८६५ रुपैयाँ ६० पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको हो । यहि मूल्यबाट कम्पनीको बिहीबार कारोबार सुरु भएको हो ।
नेप्सेमा १८० दिन कारोबार भएको मुल्यका आधारमा लघुवित्तको औसत आधार मूल्य भने ९९८ रुपैयाँ ८० पैसा कायम भएको छ ।
लाभांश पारित गर्न साना किसानले माघ १८ गतेको सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ७८ करोड ६० लाख ३४ हजार पुग्नेछ ।