पत्रकारिताको क्षेत्रमा ३०० मिलियन डलर लगानी गर्दै फेसबुक

Jan 17, 2019 Agency

सोसल मिडिया कम्पनी फेसबुक अब पत्रकारिताको क्षेत्रमा लगानी गर्न गईरहेको छ। कम्पनीले आगामी ३ बर्षमा पत्रकारिताको क्षेत्रमा ३०० मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ।  फेसबुकले आफ्नो कयौं प्रोजेक्ट्सका माध्यमबाट स्थानीय खबरलाई बढावा दिने बताइएको छ।

खबरका अनुसार डिजिटल युगमा मानिसहरूले सहज रूपमा स्थानीय खबरको जानकारी पाइरहेका हुँदैनन । राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चाका विषयले मात्र समाचारमा बढी स्थान पाउने हुदाँ स्थानीय खबरलाई समेत बढावा दिनका लागि फेसबुकले उक्त कदम उठाउन लागेको हो ।

कम्पनीका ग्लोबल न्यूज पार्टनरशीपका उपाध्यक्ष कम्बेल ब्राउनका अनुसार, फेसबुकले यो लगानी समाचार कार्यक्र्रम, पार्टनरशीप र विषयबस्तुमाथि गर्नेछ । फेसबुकको यो कदमबाट ती अखबारहरूलाई फाइदा पुग्नेछ, जसको प्रचार संख्यामा लगातार कमी देखिइरहेको छ ।

फेसबुकले राष्ट्रिय खबरलाई आफ्नो प्लेटफर्ममा स्थान दिनुको सट्टा स्थानीय खबरलाई बढावा दिने बताएको छ ।

मानिसहरू आफ्नो स्थानीय खबर र मुद्दामा बढी चासो राख्ने र स्थानीय विषयबस्तु नै पढ्न रूचाउने भएकाले फेसबुकले यो कदम उठाउन लागेको हो ।

कम्पनीले टुडे इनको नामबाट एउटा नयाँ फीचर लन्च गरेको छ, जसमा प्रयोगकर्ताहरूलाई हराएका व्यक्ति, सडक बन्द, अपराध समाचार, स्कूल तथा कलेजसँग सम्बन्धित खबरहरू दिइरहेको छ । हाल यो फीचर केबल अमेरिका र अस्ट्रेलियामा सुरू गरिएको छ।

एजेन्सी

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।