नेप्सेको दोस्रो त्रैमासको वर्गिकरणमा पनि ए र बि वर्गमा कुनै पनि कम्पनी परेनन्

Jan 17, 2019 Merolagani

नेपाल स्टक एक्सचेन्जले गर्ने सूचीकृत कम्पनीको वर्गिकरणमा चालू आवको दोस्रो त्रैमासिक रिर्पोटमा पनि कुनै पनि कम्पनी ए र बि वर्गमा समेटिन सकेका छैनन्। सबै कम्पनीहरुले सो वर्गमा राखिएको प्रावधान कायम गर्न नसक्दा जि र जेड वर्गमा खुम्चिनु परेको छ ।

धितोपत्र बोर्डले गत साउन १ गतेदेखि धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ लागू गर्दै सूचीकृत कम्पनीहरुलाई ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरेको थियो ।

साेही अनुसार नेप्सेले सूचीकृत कम्पनीहरुलाई तोकिएका विभिन्न प्रावधानहरुबाट मूल्याङ्कन गरि वर्गिकरण गरेकाे हाे। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेप्सेले सूचीकृत २०२ कम्पनिहरुलाई वर्गिकरणमा समेटेको छ । 

जसमध्ये तोकिएको प्रावधानहरु पूरा गर्न नसक्दा ए र बि वर्गमा कुनै पनि कम्पनी परेका छैनन् भने जि मा २८ र जेड समूहमा १७४  कम्पनी वर्गिकरणकाे सूचीमा परेको नेप्सेले जनाएको छ । समूह जि मा कुनैपनि वाणिज्य बैंक  वर्गिकरणमा परेका छैनन् भने सबैभन्दा धेरै हाइड्राेपावर कम्पनीहरू १५ वटा र १२ लघुवित्त र एउटा मात्र विकास बैंक रहेकाे छ । 

पहिलाे त्रैमासमा नेप्सेमा सूचीकृत १९६ कम्पनीमध्ये समूह जी मा २२ वटा र समूह जेड मा १७४ वटा कम्पनी वर्गिकरणमा परेका थिए ।

लगानीकर्ताको दृष्टिकोणमा राम्रा मानिएका वाणिज्य बैंकहरू सहित धेरै कम्पनी वर्गिकरणको अन्तिम समूह जेड मा पर्नुले कम्पनीहरु नियम पालना गर्नुभन्दा उल्लङ्घनमा अभ्यस्त भएको पुष्टि हुन्छ । अर्काेतर्फ सूचीकृत संगठित संस्थाको वर्गिकरण अनुसार लगानीकर्ताले जोखिमको स्तर अनुमान गर्नसक्ने र सोही अनुसार कारोबारलाई सहजीकरण हुने बताइएपनि नेप्सेको वर्गिकरणकै आधारमा लगानी गर्ने स्थिति भने देखिँदैन । 

लामो समयसम्म कारोबार नभएका कम्पनी र शेयर बजारमा राम्रा मानिँदै आएका कम्पनीहरुलाई समेत एउटै समूहमा गरिएको वर्गिकरणबाट शेयर बजारका लगानीकर्ता भने अलमलमा पर्ने अवस्था देखिएको छ ।

लामो समयसम्म कारोबार नभएका बुटवल स्पिनिङ मिल, गोरखकाली रबर उद्योग,ज्याेति स्पिनिङ मिल्स, अरूण बनस्पति उद्याेग, हरिसिद्दि टायल,भृकुटी पेपर, विराट सुज लयागतका कम्पनी र नियमित साधारण सभा गर्दै आएका वाणिज्य बैंक, बीमा, र लघुवित्त कम्पनीहरु पनि एउटै समूहमा वर्गिकरणमा पर्नुले लगानीकर्ता अन्याेलमा पर्ने अवस्था सिर्जना भएकाे छ । यद्यपी जानकारहरू नेप्सेकाे वर्गिकरणले मात्र कम्पनीकाे स्तर मूल्याङ्कन गर्नु न्यायाेचित नहुने बताउँछन् । 

यस्ता छन् ए र वि वर्गमा पर्न चाहिने प्रावधान

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार वर्ग ए मा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पूँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रहि लाभांश बाँडेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ। त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ बर्ष पूरा भएको हुनुपर्छ ।

वर्ग ए जस्तै वि पनि तोकिएको प्रावधान पूरा भएको कम्पनी मात्र पर्ने गर्दछन् । वि वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन बर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ्ग प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) ग मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म जी वर्गमा राखिने उल्लेख छ । यसरी जी वर्गको वर्गिकरणमा पनि समावेश हुन नसक्ने कम्पनी जेड वर्गमा पर्नेछन् ।

नेप्सेले गरेकाे कम्पनी वर्गिकरणकाे सूची यहाँबाट हेर्नुहाेस्

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।