कम्पनीले सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा, सिद्धार्थ पारिवारिक दुर्घटना बीमा र प्रोफेशनल इन्डेम्निटी फर डाक्टरस् एण्ड मेडिकल प्राक्टिसनर बीमा ल्याएको हो ।
सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्री बीमालेख रहेको कम्पनीको दाबी छ । यस योजनाले बीमित महिलाको आम दुर्घटना बीमालेखका साथै बीमित महिलाको पतिको मृत्यु भएमा पनि क्षतिपुर्ति प्रदान गर्दछ । यस बाहेक घरायसी सरसामानको क्षति, औषधीउपचार खर्च, सुत्केरी गराउँदा मृत्यु भएमा र अन्य सेवा समेटिएको छ ।
त्यसैगरी सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान, श्रीमति तथा १८ वर्षसम्मका २ सन्तानको एकै बीमालेखमा समावेश गरिएको छ ।
यस्तै प्रोफेशनल इन्डेम्निटी फर डाक्टरस् एण्ड मेडिकल प्राक्टिसनर बीमाले डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्दछ । यस योजनाले प्रचलित बमिालेख भन्दा फरक ढंगले सामुहिक प्रतिबद्धता गरिएको रकम पनि क्षतिपुर्ति दिने कम्पनीले जनाएको छ ।
४० जिल्लामा ७० भन्दा बढी शाखा संजाल रहेको कम्पनीले आफनो संस्थाको सद्भावना दुतको रुपमा पुर्व मिस नेपाल मल्भिका सुब्बालाई नियुक्त गरेको छ ।