नक्कली बीमालेख विस्थापित गर्न म्यादी बीमामा पुल प्रणाली : बीमा समिति

Jan 17, 2019 Merolagani

नक्कली बीमा लेखलाई निरुत्साहित गर्न बैदेशिक रोजगार (म्यादी जीवन बीमा) मा पुल प्रणाली लागु गर्नु परेको बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाईले बताएका छन् । बिहिबार राजधानीमा सिद्धार्थ इन्स्योरेन्सले नयाँ बीमालेख सार्वजनिक गर्ने क्रममा सो कुरा खुलाएका हुन् ।

समितिले माघ १ गते देखि नै पुल प्रणाली संचालनमा ल्याएको स्मरण गराउदै उनले भने, ‘नक्कली बीमालेखलाई विस्थापित गरी सक्कली बीमालेख मात्रै जारी होस भनेर हामीले यो पुल प्रणाली अपनाएका हौं ।’ सिआईबिले प्राइम लाइफ इन्स्योरेन्सको नक्कली बीमालेख भेटेपछि समितिले म्यादी बीमामा पुल प्रणाली अपनाएको हो ।

यस्तै समितिका अध्यक्ष चापागाईले बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा रोक्न सक्यो भने त्यस वापतको खर्च बचत गरेर आगामी दिनमा पोलिसीदर घटाउन सकिने बताए । आगामी ६ महिनामा म्यादी जीवन बीमाको क्लेम रेसियो रिभ्यु गर्ने र फजुल खर्च घटाउदै लाने उनको भनाई छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।