स्काईवर्थ सीईएस २०१९ मा चार अवार्डबाट सम्मानित

Jan 18, 2019 Merolagani

घरेलु उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काईवर्थले सीईएस २०१९ मा नयाँ उत्पादन तथा प्रविधिहरु प्रस्तुत गरेका वापत चार अर्वाडबाट सम्मानित हुने अवसर प्राप्त गरेको छ ।

सीईएस २०१९ कार्यक्रमको क्रममा स्काईवर्थलाई २०१८–२०१९ शीर्ष ५० ग्लोबल सीईको ब्राण्ड, २०१८–२०१९ शीर्ष १० सीई ब्राण्ड, २०१८–२०१९ शीर्ष १० ग्लोबल टिभी ब्राण्ड अवार्ड प्रदान गरिएको छ । स्काईवर्थले घरेलु उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता पनि प्राप्त गरेको छ ।

स्काईवर्थले 65S9A/XA9000 का लागि प्रोडक्ट अवार्ड, “द एआई स्मार्ट डियोल ईकोसिस्टम टिभी एक्सपिरेन्स गोल्ड अवाड” पनि प्राप्त गरेको छ । स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ जुन स्मार्ट होमका नियन्त्रण गर्ने केन्द्र बिन्दु बनिरहेको छ । यसमा शक्तिशाली PQ प्रोसेसर जडान भएको छ जसले गर्दा टिभीको उत्कृष्ट प्रदर्शन गरेर दर्शकलाई अध्भूत अनुभव सिर्जना गर्छ ।

65S9A/XA9000  बाहेक स्काईवर्थले सीईएसमा थुप्रै नवीनतम उत्पादन तथा प्रविधिहरु भित्र्याएको छ । स्काईवर्थले ८२” फ्लश माउन्ट टिभी, ६५” क्वासी पिक्सेल ब्याकलाइट टिभी ल्याएको छ । स्काईवर्थको ७७” ओएलईडी टिभी फिचर्ड डल्बी भिजन एचडिआर इमेजिंग टेक्नोलोजी छ जसले ७.१.४ डल्बी एटमस ईनेबलर होम थिएटर प्रणालीमा डेलिवरीले स्पेक्टकुलर र इमेन्स अनुभव दिन्छ ।

स्काईवर्थले गुगल, अमेजन र अन्य टेक्नोलोजी जायन्टसँग इन्टिलिजेन्ट प्रोडक्ट इकोसिस्टम स्थापना गर्न साझेदारी गरेको छ । “ओपन, शेयर, ह्वइन–ह्वइन” को विश्वव्यापी रणनीतिमा आधारित रहेर स्काईवर्थले एआई टिभी उत्पादन गरेर एआईओटी बिग स्क्रिन इन्टिलिजेन्ट समाधान र ग्राहकहरुलाई उत्कृष्ट उत्पादन प्रदान गर्दै आइरहेको छ ।

स्काईवर्थले विगत ४ वर्ष अगाडि लञ्च भएयता उपोभोक्ता माँझ लोकप्रियता कमाइरहेको छ । यो ग्राहकहरुको पहिलो रोजाइ बन्न सफल भएको छ । स्काईवर्थ नेपालमा मात्र नभएर विश्वव्यापी ग्राहकहरुका लागि विश्वासनीय र भरपर्दो उत्पादन भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।