पाँच महीनाको व्यापार घाटा झन्डै ६ खर्ब,अर्थशास्त्री भन्छन् राम्रो सङ्केत होइन्

Jan 18, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ ।

गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो ।

आव २०७४।७५ को मङ्सिरसम्ममा १८.२ प्रतिशत रहेको आयात वृद्धिदर यसै वर्षको पाँच महीनामा १६ प्रतिशतले वृद्धि भई ३४.२ प्रतिशत रहेको छ । नेपालीको उत्पादनभन्दा उपभोग गर्ने संस्कृतिमा वृद्धि भएकाले मुलुकको शोधानन्तर स्थिति कमजोर हुँदै गएको हो ।

अर्थशास्त्री भवानी खनालका अनुसार मुलुकको अर्थतन्त्र राम्रो हुन आयात र निर्यातको अवस्था झन्डै बराबरी हुनुपर्ने बताउछन् । उनका अनुसार नेपालको अर्थतन्त्रमा निर्यातभन्दा आयात २३ प्रतिशतले बढ्नु भनेको दिगो विकासमा राम्रो सङ्केत होइन ।

वस्तुगत आधारमा चालू आवको पाँच महीनामा छ खर्ब सात अर्बको पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्ट्स, हवाइजहाज तथा पार्टपूर्जा, एम।एस।बिलेट, अन्य उपकरण तथा पार्टपूर्जा, तरकारी फलफूल, तथा चामललगायत अन्य खाद्यान्नको आयात बढेको छ भने निर्यात गर्न सकिने सम्भावनायुक्त कृषि क्षेत्रसमेत परनिर्भर छ ।

चालु आवको पाँच महीनामा रु ३७ अर्ब ५० करोडका वस्तुगत सामग्रीमा यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोशाक, पश्मिना, जुटका सामान निर्यात भएको थियो । यस हिसाबले चालू आवको पाँच महीनामा मुलुकको व्यापारघाटा पाँच खर्ब ६९ अर्ब ५० करोड पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।