सन् २०१८ मा चीनको आर्थिक वृद्धिको गति झनै सुस्ताउने अनुमान लगाइएको छ ।
नेशनल ब्यूरो अफ स्टाटिक्स अफ चाइना (एनबीएस) ले आफ्नो वेबसाइटमा बयान जारी गरी विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुकको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) को आकारलाई ८२ हजार ७०० अर्ब यूआनबाट घटाएर ८२ हजार १०० अर्ब युआन पुगेको बताएको छ ।
एनबीएसले बार्षिक जीडीपीको आंकलन दुईपटक गर्ने जनाएको छ र दुई पटक गरिएको आंकलनको परिणाममा केही हदसम्म अन्तर देखिएको बताएको छ ।
यसका साथै चीनको अर्थतन्त्र सन् २०१९ मा थप सुस्ताउने अनुमान गरिएको छ । प्रतिवेदन अनुसार आर्थिक सुधार गर्न चीनलाई थप प्रोत्साहनका कार्यक्रम आवश्यक रहेको बताइएको छ ।
यस वर्ष चीनको अर्थतन्त्र ६ दशमलव ३ प्रतिशत बढ्न सक्ने अनुमान छ । यो वृद्धिदर २९ वर्षयताकै कमजोर हो । सन् २०१८ मा भने चीनको आर्थिक वृद्धिदर ६ दशमलव ६ प्रतिशत रहने अनुमान छ । एजेन्सी