भारतीय दूतावासका अधिकारीले गरे विद्युतगृहको अनुगमन

Jan 19, 2019 RSS

साना जलविद्युत् उपभोक्ता समिति जुम्लाले निर्माण गरेको विद्युत् गृहमा राखिएको नयाँ उपकरणको अवस्थाबारे भारतीय दूतावासका अधिकारीले शुक्रबार स्थलगत अवलोकन तथा अनुगमन गरेका छन् ।

भारतीय दूतावासका सहायक अनुगमन अधिकारी मृगेन्द्र लालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले जलविद्युतगृहमा राखिएको नयाँ उपकरणको वस्तुस्थितिका बारेमा जानकारी लिनाका साथै विद्युत्गृहको अवलोकन तथा अनुगमन गरेको हो ।

सो अवसरमा अहिलेसम्मको कामको प्रगतिबारे साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिए ।

भारतीय दूतावासले साना जलविद्युत् उपभोक्ता समितिलाई विद्युतगृहमा नयाँ उपकरण जडानका लागि दुई करोड ६३ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

समितिका अध्यक्ष बुढ्थापाका अनुसार दुई नयाँ उपकरण राख्नुपर्नेमा एउटा उपकरण जडान भएको छ भने अर्को उपकरण जडान गर्न बाँकी छ ।

उनले भने, “जडान गरिएको उपकरण सञ्चालन गरी विद्युत् सेवा प्रवाह भएपछि अर्को उपकरण जडान गर्ने योजना छ, दुवै उपकरण सँगै जडान गर्दा सदरमुकाम पूरै अन्धकार हुने भएकाले एउटा उपकरण सञ्चालन गरेर मात्र अर्को उपकरण जडान गर्नेछौँ ।”

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।