विराटनगरमा सवा तीन अर्ब राजश्व सङ्कलन

Jan 19, 2019 RSS

विराटनगरस्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा कूल तीन अर्ब १८ करोड १३ लाख ३१ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा गत वर्ष दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको थियो । तुलनात्मक रुपमा यस वर्ष सो अवधिमा ७१ करोड ५९ लाख ४१ हजार रुपैयाँ राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए ।

कार्यालयका अनुसार तीन अर्ब चार करोड ६४ लाख ५८ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्यमा १३ करोड ४८ लाख ७३ हजार रुपैयाँ राजश्व बढी अर्थात् लक्ष्यमा १२९.०३ प्रतिशत प्रगति हासिल भएको प्रमुख गौतमको भनाइ छ ।

सङ्कलित राजश्वमा आयकर ९२ करोड ८३ लाख १२ हजार, बहाल कर पाँच करोड २१ लाख ८५ हजार, ब्याज कर तीन करोड ९५ लाख २३ हजार, मूल्यअभिवृद्धि कर ६० करोड १० लाख १४ हजार, अन्तःशुल्क एक अर्ब ५२ करोड ११ लाख ८५ हजार, स्वास्थ्य सेवा दुई करोड ८२ लाख ६ हजार र शिक्षा सेवा शुल्क एक करोड नौ लाख ६ हजार रुपैयाँ रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।