अपर तामाकोशीको नेप्सेमा पुस २९ गते आइतबारदेखि शेयर कारोबार सुरु भएको थियो । कारोबार सुरु भएको दिनमा नै उच्च रेञ्जमा कारोबार भएको यस कम्पनीको शेयर कारोबार सोमबार दश प्रतिशतभन्दा बढी मूल्यमा कारोबार भएकाले कारोबार रद्ध भएको थियो । त्यसपछिका दिनमा पनि कम्पनीको शेयरमा सर्र्किट लागेर कारोबार हुँदा अन्तिम दिन बिहीबार ३११ रुपैयाँमा कारोबार बन्द भएको छ ।
तामाकोशीको १० करोड ५९ लाख कित्ता शेयर पुस २६ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो ।
यस सात बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । यस्तै दोस्रोमा स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक, नबील बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र दशौं नम्बरमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ ।
सबैभन्दा धेरै बजार पूँजीकरण रहेको नेपाल टेलिकमको बजार पूँजीकरण एक खर्ब ९ अर्ब ९५ करोड रहेको छ दोस्रोमा स्थानमा रहेको इन्भेस्टमेन्ट बैंकको ६८ अर्ब २१ करोड ६ लाख रहेको छ ।
तेस्रो स्थानमा रहेको नबिलको बजार पूँजीकरण ६७ अर्ब ८४ करोड ५८ लाख रहेको छ । यस्तै नेपाल लाइफ ४९ अर्ब २४ करोड ५६ लाख, स्ट्याण्र्डड चार्टड बैंक ४७ अर्ब १८ करोड ७३ लाख, एभरेष्ट बैंक ४२ अर्ब ५४ करोड २३ लाख र हिमालयन बैंकको ३८ अर्ब ७६ करोड ७१ लाख बराबरको बजार पूँजीकरण रहेको छ ।
यस्तै एनआइसी एशिया बैंक ३४ अर्ब ९८ करोड ३५ लाख, नेपाल एसबिआई बैंकको ३२ अर्ब ९५ करोड २० लाख र दशौं ठूलो पूँजीकरण रहेको अपर तामाकोशीको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रहेको छ ।