नेशनल माइक्रोफाइनान्सको पूँजीभन्दा जगेडा कोष आकर्षक, खुद नाफा वृद्धि कायमै

Jan 20, 2019 Merolagani

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था (NMFBS) को जगेडा कोषको आकार चुक्ता पूँजीभन्दा ३ करोड बढीले मजबुत बनेको छ। १५ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषको आकार १८ करोड ८ लाख रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँले जगेडा कोष वृद्धि गरेको हो ।

माइक्रोफाइनान्सले पूँजी वृद्धिसँगै कमाई र जगेडा कोष पनि मजबुत बनाउँदै लगेको हो । संस्थाले गत वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा चुक्ता पूँजी, जगेडा कोष तथा खुद आम्दानीमा बढोत्तरी गरेको विवरण आइतबार सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले ५ करोड ७२ लाख ४० रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ७५ रुपैयाँ ८७ पैसा कायम गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ९१ लाख ९९ हजार खुद नाफा गरेर प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ३३ पैसा कायम गरेको थियो।

कम्पनीको सञ्चालन मुनाफा, खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी तथा नियमित कारोबारको कमाईमा आएको सुधारले नाफा बढेको हो ।

गत आवको नाफाबाट २५ प्रतिशत बोनस सहित ४० प्रतिशत लाभांश वितरण गरेको यस लघुवित्तले १२ करोड रुपैयाँबाट १५ करोड ८ लाख चुक्ता पूँजी पुर्याएको छ ।  तर कम्पनीको खराब कर्जाको आकार भने केहि बढेको छ । उसको खराब कर्जा १.४८ प्रतिशत छ । जबकि गत बर्षको यसै अवधिमा १.३२ प्रतिशत थियो ।

९७ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ७ करोड ४२ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापटी लिएको माइक्रोफाइनान्सले २ अर्ब ९१ करोड ४८ लाख कर्जा परिचालन गरेको छ ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

 

 

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स्

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।