अपर तामाकोशीको कारोबार खुले लगत्तै सर्किट

Jan 20, 2019 merolagani

अपर तामाकोशीको आइतबार बजार खुलेको ५ मिनेटमा नै सर्किट ब्रेक लागेको छ । गत बिहीबार प्रतिकित्ता ३११ मा कारोबार बन्द भएको कम्पनीको शेयर आइतबार पहिलो कारोबार प्रतिकित्ता ३२६ रुपैयाँमा भएको छ ।

केही समय ३२६ मा कारोबार भएको कम्पनीको शेयर त्यसपछि ३३२, ३३८ हुँदै ३४२ रुपैयाँमा पुगेर कारोबारमा सर्किट लागेको नेप्सेका फ्लोर सिटमा देखिएको छ । यस समयमम्म कम्पनीको शेयर ९.९७ प्रतिशतले बढेको छ । कम्पनीको शेयर ३४२ रुपैयाँमा खरिद गर्ने संख्या दुई लाख ५० हजार हाराहारीमा रहेको छ भने मार्केट डेप्थमा बिक्री अर्डर खाली देखिन्छ ।

कम्पनीको शेयरमूल्य अझ बढ्ने आशामा बिक्री भन्दा खरिद चाप उच्च देखिन्छ । नेपाल स्टक एक्सचेञ्जमा शेयर सूचीकरण गराएको एक सातामा नै अपर तामाकोशी हाइड्रोपावर नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये उच्च बजार पूँजीकरण हुने दश कम्पनीभित्र परिसकेको छ। कारोबार सुरुदेखि नै शेयरमूल्यमा सर्किट ब्रेक लाग्दा उच्च पूँजीकरण हुने कम्पनीमा समेटिएको हो ।

अपर तामाकोशीको नेप्सेमा पुस २९ गते आइतबारदेखि शेयर कारोबार सुरु भएको थियो । कारोबार सुरु भएको दिनमा नै उच्च रेञ्जमा कारोबार भएको यस कम्पनीको शेयर कारोबार सोमबार दश प्रतिशतभन्दा बढी मूल्यमा कारोबार भएकाले कारोबार रद्ध भएको थियो ।

त्यसपछिका दिनमा पनि कम्पनीको शेयरमा सर्र्किट लागेर कारोबार हुँदा अन्तिम दिन बिहीबार ३११ रुपैयाँमा कारोबार बन्द भएको थियो । तामाकोशीको १० करोड ५९ लाख कित्ता शेयर पुस २६ गते बिहीबार नेप्सेमा सूचीकृत भएका होे ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।