काबेली र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

Jan 20, 2019 Merolagani

काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ । दुई बैंकले मर्जरमा जाने सम्झौता गरेकाले गाभ्ने वा गाभिने सम्बन्धी नियमावली २०७३ को विनियम ६ (१) बमोजिम दुबै कम्पनीको शेयर कारोबार माघ ४ गतेबाट रोक्का गरिएको हो ।

दुई विकास बैंकले गत शुक्रबार मर्जरको घोषणा गरेका थिए । अब नयाँ संस्था कायम नहुन्जेलसम्मलाइ शेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच १ः१ रेसियो अनुपातमा एकअर्कामा गाभिने सहमति भएको छ । वि.सं २०७६ साउन १ गतेबाट संयुक्त कारोबार गर्ने लक्ष्यसहित दुबै बैंकबीच मर्जर हुने सहमति भएको हो ।

मर्जर सम्बन्धि सम्पुर्ण कार्य गर्नका लागि सप्तकोशी डेभलपमेन्ट बैंकका सञ्चालक बलराम बरालको संयोजकत्वमा ६ सदस्यीय संयुक्त मर्जर समिति गठन गरिएको छ ।अन्य सदस्यमा सप्तकोशीका यज्ञप्रसाद शर्मा र डाक्टर अर्जुन बराल तथा काबेलीका जनार्दन घिमिरे, गणेशप्रसाद बराल र हेमराज सुवेदी रहनेछन् ।

नेपाल राष्ट्र बैंकले प्रादेशिक स्तरको बैंक हुन १ अर्ब २० करोड चुक्ता पूँजी चाहिने भनी बनाएको नियम अनुसार यस बैंकले हकप्रद र बोनस शेयर मार्फत् पूँजी वृद्धि गर्ने निरौलाले जानकारी दिए ।

मर्जरपछि बन्ने सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ८१ करोड पुग्नेछ । प्रादेशिक स्तरको बैंकका लागि आवश्यक पर्ने थप ३९ करोड पूँजी हकप्रद र बोनस शेयरमार्फत कायम गर्ने तयारी गरेको छ ।

२८ वटा शाखा कार्यालय सहित प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुने र केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा राखिनेछ । मर्जरपछि बैंकले दुई वर्षभित्र प्रदेश नम्बर १ का १४ वटै जिल्ला र सबै स्थानीय तहमा शाखा खोल्ने लक्ष्य लिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।