पच्चिस सय कारोवार मै सिस्टम क्रयास, दाबी चाहिँ एक सेकेण्डमा आठ हजार !

Jan 20, 2019 Merolagani

अपर तामाकोशीको आइतवार खरीद बिक्रीमा व्यापक चाप देखियो । बजार खुलेको ५ मिनेटमा सर्किट ब्रेक लाग्यो । सर्किट ब्रेकपछि खुलेको बजारमा खरीद र बिक्रीमा यति धेरै चाप आयो कि त्यो चापलाई धान्न नसकेर नेप्सेको सिस्टमले नै काम गरेन ।

लगानीकर्ता हैरान भए, उनीहरुले चाहेरपनि आफूसँग भएको शेयर बिक्री गर्न सकेनन् । मार्केट डेप्थ पुरै कोलाप्स भयो । बजारको अन्त्यहुँदा सम्म पनि मार्केट डेप्थ प्रणालीले देखाउन सकेन ।

जब एकबजेपछि बिस्तारै खरीदको आदेशहरु सकिँदै गयो, तवमात्र शेयर कारोवार चालू भयो । एकातिर तामाकोसीको शेयरमा खेलिएको अवान्छित खेल र अर्कातिर प्रणालीमा देखिएको समष्या यी दुबैका कारण सामान्य लगानीकर्ताहरु अन्यौलमा देखिए ।

गत पुष २९ गते तामाकोसीको शेयर खुलेको थियो । खुलेकै दिन ओपनिग रेन्जभत्रिै २२४ रुपैया मूल्यमा कारोवार भएको थियो । त्यसयता प्रत्येकदिन यसको शेयर कारोवारमा सर्किट लागिरहेको छ । २२४ मूल्यमा खुलेको शेयर आजको दिनमा आइपुग्दा ३४२ रुपैयासम्म आइपुगेको छ । यसरी हेर्दा यसको शेयरमूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको पाइन्छ ।

अनलाइन स्वचालित प्रणालीमा देखिएको समष्याको सबैभन्दा बढी मार अपर तामाकोसीकै सेयरमा लगानीकर्ता परे । आइतवार धेरै लगानीकर्ताहरुले आफूले काम गर्ने ब्रोकरहरुबाट शेयर बेच्न सकेनन् । कतिपय ब्रोकर कम्पनीहरुमा बिक्री अर्डर राख्न नै समस्या उत्पन्न भएको ब्रोकरहरुले बताएका छन । मागभन्दा शेयरको अत्याधिक आपूर्ति हुनथालेपछि नेप्सेको प्रणाली दवावमा आयो र काम गर्न सकेन ।

शुरुको एक घण्टाभित्र दुई हजार पाँच सय बढी कारोबार हुँदै प्रणालीमा समस्या आयो । र बिक्री अर्डरहरुलाई रेजेक्टेड देखाउन थालियो । बिक्री भयो भनेर बसेका लगानीकर्ता नेप्सेमा देखिएको समष्याका कारण निरास भए ।

एक सेकेण्ड अवधिमा ८ हजार वटा कारोबार हुनसक्ने भनेर दावी गरिएको प्रणालीले हावा खायो ।
अहिले शुरु गरिएको नेप्सेको प्रणालीले ठूला भोलुम शेयर भएका कम्पनीको कारोवार गर्न लायक नहुने आशंका बढेर गएको छ । तामाकोसीको कारोवार भएको समयमा देखिएको समष्याले यही संकेत गरेको छ । अन्य थुप्रै प्रकारका प्राबिधिक समष्या देखिनेगरी पनि ठूलो कारोवारको चाप थेग्न नसकेको यो पहिलो पटक हो । अपर तामाकोसीमा १० करोड ५९ लाख कित्ता शेयर सूचिकृत छ ।

अहिलेसम्म नेप्सेको प्रणालीमा अर्डर बुक सर्च अप्सनमा नदेखाउने, कारोवार भएको रकम फ्लोरसीटमा नदेखिने,एकै कारोबारमा शेयर मूल्य दश प्रतिशत भन्दा धेरैले बढ्ने र घट्ने, उपसमूहको कुल कारोबार जोड्दा कुल कारोबारको रकमसँग मेल नखाने लगायतका समष्या देखिने गरेका छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।