कम्पनीको शेयर सोमबार देखि कारोबार हुनेछ । लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर २ लाख ७३ हजार कित्ता शेयरमा सर्वसाधारणमा निष्काशन गरेको थियो ।
आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दश करोड रूपैयाँ पुगेको छ भने संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधारण लगानीकर्ताको ३० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ ।