भारतीय बैंकको उत्तर नआएपछि १०० माथिका भारू नेपालमा पुन: प्रतिबन्ध

Jan 20, 2019 Merolagani

भारतीय रिर्जव बैकको जवाफ नआएपछि नेपाल राष्ट्र बैंकले १०० माथिका नोटको कारोवारमा पुन: प्रतिबन्ध लगाएको छ। राष्ट्र बैंकले दुई साताअघि रिर्जव बैकलाई पत्र लेख्दै ठूला दरका भारू नोट चलाउन स्वीकृति माग गरेको थियो।भारतीय बैकको कुनै जबाफ नआएपछि राष्ट्र बैंकले आइतबारदेखि नेपालमा १०० भारू माथिका नोटमा प्रतिबन्ध गरेको हो ।

नेपालले पहिलो पल्ट ठूला नोटमा प्रतिवन्ध लगाउँदा भारतीय संसदमा पनि प्रश्न उठेको थियो भने भारतीय मिडियामा हल्लीखल्ली भएको थियो । भारतीय मिडियाले नेपाल सरकारको यो निर्णयले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्य पूरा नहुने चेतावनी दिएको थिए ।

आवश्यकता र दवाव दुबैलाई हेर्दै राष्ट्र बैंकले रिर्जव लाई ठूला नोट चलाउन दिन पत्र लेखेको थियो।
तर, भारतीय बैकबाट कुनै उत्तर नआएपछि नेपालले पुरानै निर्णय उल्टाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।