हाइड्रो एक्स्पो सम्पन्न

Jan 21, 2019 RSS

दोस्रो हिमालयन हाइड्रो एक्स्पो आइतबार सम्पन्न भएको छ । उक्त एक्स्पोको ६० हजार नागरिकले अवलोकन गरेको आयोजक संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएको छ । 

शुक्रबारदेखि शुरु भएको एक्स्पोले जलविद्युत् क्षेत्रका नवीनतम खोज तथा अनुसन्धानका बारेमा समेत जानकारी गराएको थियो ।

शुक्रबार १२ हजार, शनिबार २८ हजार तथा अन्तिम दिन आज २० हजारभन्दा बढी नागरिकले अवलोकन गरेका थिए । विशेषगरी जलविद्युत्सँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको थियो । 

शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको सो एक्स्पोको पूर्वऊर्जामन्त्री राधा ज्ञवालीका साथै सङ्घीय संसद्का सदस्यलेसमेत अवलोकन गरेका थिए । एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, सामान आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको थियो । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।