घुस लिएको अभियोगमा पक्राउ

Jan 21, 2019 RSS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित अर्का एक सहयोगीलाई घुस लिएको अभियोगमा आइतबार पक्राउ गरेको छ ।

आयोगका अनुसार एक सेवाग्राहीको जग्गा हाल साविक गर्ने प्रयोजनका लागि नायब सुब्बा कुमारबहादुर राजभण्डारी र सहयोगी बाबुराजा शाक्यले रु छ हजार घुस लिँदालिँदै कार्यकक्षबाटै पक्राउ गरिएको हो । आरोपी दुवैको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

यस्तै आयोगले प्रहरीलाई घुस दिन खोजेको अभियोगमा पक्राउ परेका भारत बहराइचका विजय चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चौधरीले भन्सार छली अवैधरूपमा हार्डवयरका सामान ओसारपसार गर्ने क्रममा पक्राउ परेका चार जना व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाउनका लागि रु १० हजार बराबरको घुस दिन खोजेको आयोगको दाबी छ ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीका नायब सुब्बा मिना मरासिनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।