गुडविल फाइनान्सद्धारा साधारण सभा आह्वान, माघ २७ देखि बुकक्लोज

Jan 21, 2019 Merolagani

गुडविल फाइनान्स (GFCL) ले लाभांश पारित गर्न फागुन १० गते शुक्रबार चौबिसौं वार्षिक साधारण सभा  आह्वान गरेको छ। फाइनान्सले गुडविल कम्प्लेक्स, हात्तीसार काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

सभाले पुस ११ गते बसेको ३२४ औं सञ्चालक समिति बैठकले प्रस्ताव गरेको चुक्ता पूँजीको ५.२६३ प्रतिशतले हुन आउने ४ करोड २१ लाख ५ हजार २६३ रुपैयाँ १६ पैसा लाभांश पारित गर्नेछ । 

फाइनान्सले साधारण सभा प्रयोजनको लागि माघ २७ गते देखि फागुन १० गतेसम्म बुकक्लोज गर्ने जनाएको छ । यस अनुसार माघ २४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

यस्तै कम्पनीले इन्स्योरेन्स एजेन्टको रुपमा काम गर्न सम्बन्धीत नियमनकारी निकायको स्वीकृति लिई कार्य गर्न थप व्यवस्थाबारे पनि विशेष प्रस्ताव गर्दैछ ।

साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखा परीक्षकको प्रतिवदन सहित आर्थिक वर्ष २०७५ असार मसान्त सम्मको वाललात तथा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।

यसैगरी आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने तयारी पनि गरेको छ ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको गुडविल फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले एक करोड ४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।