गुहेश्वरी मर्चेण्टको एघारौं शाखा भैरहवामा, बुटवलमा पनि शाखा स्थापना गर्ने

Jan 21, 2019 Merolagani

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GFMIL) ले आफ्नो ११ औं शाखा विस्तार गरेको छ। फाइनान्सले रुपन्देहीको भैरहवा देवकोटा चोकमा थप नयाँ शाखा माघ ७ गते विस्तार गरेको हो।

फाइनान्सले चाडै नै बुटवलमा पनि विस्तार गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोक कुमार पौडेलले फाइनान्सका अध्यक्ष श्रीमान श्रेष्ठ, पूर्व अध्यक्ष राजेश लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ समेतको उपस्थितिमा शाखा विधिवत रुपमा सुभारम्भ गरेको हो ।

फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ३ अर्ब ३० करोड निक्षेप संकलन गरी तथा २ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले ५ करोड २६ लाख संचालन मुनाफा आर्जन गरेको छ ।

फाइनान्सको चुक्तापूँजी ८० करोड रुपैयाँ तथा जगेडा कोषमा १५ करोड ९७ लाख रुपैयाँ छ ।

बैकिङ्ग सेवामा एटीएम, एसएमएस बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, इसिसि, आइपिएस, सेफ डिपोजिट लक्कर, रेमिटेन्स, डिपी, सिआश्वा लगायतको सुबिधा रहेको फाइनान्ले जनाएको छ । साथै व्यक्तिगत खाताको लागि ३ लाख सम्मको निक्षेप बीमा सुविधा समेत रहेको फाइनान्सले जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।