सन् २०१७ मा चीनको आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहेको थियो । नेशनल ब्यूरो अफ स्टाटिसटिक्स (एनबीएसं) ले चीनको आर्थिक वृद्धिदर सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।
चीनमाथि कर्जाको बोझ र अमेरिकाका साथ जारी व्यापार युद्ध चीनको आर्थिक वृद्धिदर कमजोर बन्नुको मुख्य कारण भएको बताइएको छ ।
एनबीएसका आयुक्त निंगका अनुसार, चीन यो समय वित्तिय जोखिम रोक्न, गरिबी हटाउन र प्रदूषण नियन्त्रण गर्नका लागि तीन महत्वपूर्ण मुद्दामा काम गरिरहेको छ । साथै चीन सरकारले अर्थव्यवस्थालाई कुनै पनि हालतामा तल झर्न नदिने बताइएको छ ।
गत बर्ष अमेरिकाका साथ चीनको व्यापार युद्ध अन्तराष्ट्रिय चर्चाको विषय बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने करिब आधा सामानमा करोडौँ डलर बराबरको शुल्क लगाएका थिए । त्यसको बदलामा चीनले पनि अमेरिकी सामानमा शुल्क लगाएको थियो । यसरी एकपछि अर्काे गर्दे जाँदा उनीहरुले एकअर्काको सामानमा करोडौँको शुल्क लगाएका थिए । एजेन्सी