अर्थका कर्मचारीलाई आन्तरिक सूचना चुहाउन कडाई, सामाजिक सञ्जाल प्रयोगमा रोक

Jan 21, 2019 Merolagani

अर्थमन्त्रालयले आफ्नो मातहतका कर्मचारीहरुलाई सदाचारयुक्त बनाउने भन्दै आचारसंहिता लागू गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले पुष ३० गते स्वीकृत गरेको आचारसंहिता माघ एक गतेबाट लागू भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आचारसंहितामा मुख्य गरी कर्मचारीबाट चुहावट हुने सूचनालाई नियन्त्रण गर्न खोजिएको छ । आचारसंहिता अनुसार अब अर्थमन्त्रालय मातहतका कर्मचारीले आफ्नो पदीय हैसियत राखेर कुनै पनि सामाजिक सञ्जाल सञ्चालन एवं प्रयोग गर्न पाउने छैनन् ।

कर्मचारीहरुले आफ्नो माथिल्लो निकायको स्वीकृति विना सरोकारवालाहरुलाई कामको सिलसिलामा कार्यस्थल बाहिर भेट्न पाउने छैनन् भने कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्ट भएर काम गर्न पनि बन्देज लगाइएको छ ।

अर्थ मन्त्रालयका कर्मचारीहरुले व्यक्तिगत लाभ हासिल गर्ने वा अन्य मतलबयुक्त काम गर्ने वा गराउने उद्देश्यले कार्यस्थलबाहेक आफ्नै निवासमा पनि भेटघाट गर्न नहुने संहितामा उल्लेख छ ।

आफ्नो कार्यालयका कुनै पनि पदीय हैसियतका कर्मचारीको बारेमा सार्वजनिक टिका टिप्पणी गर्न नपाईने, आफू कार्यरत संस्थाको तथ्याकं एवं सूचनाहरु अनुमति बिना सार्वजनिक गर्न नमिल्ने संहितामा भनिएको छ ।

आचारसंहिता पूर्ण पालाना गर्ने प्रण गर्दै हरेक कर्मचारीले शपथ लिनु पर्ने पनि संहितामा उल्लेख गरिएको छ । काज सरुवा भएर आउने कर्मचारीले मन्त्रालय वा विभागमा हाजिर गर्नु पूर्व नै शपथ लिनु पर्ने मन्त्रालयले जनाएको छ ।


comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।