२७ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ३ अर्ब ६४ लाख सापटि लिएर ३ अर्ब १३ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस अवधिमा १८ करोड ६५ लाख रुपैयाँ व्याज आम्दानी गरेको संस्थाले ५ करोड ६२ लाख रुपैयाँ व्याज वापत खर्च गरेर १३ करोड २ लाख रुपैयाँ बराबरको खुद व्याज आम्दानी गरेको छ ।
४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले ५ करोड २१ लाख रुपैयाँ जगेडा कोषमा संचित छ ।
जाजरकोटको खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि २०७४ मंसिर १२ गते देखि लघुवित्त सञ्चालनमा आएको थियो । लघुवित्त संस्था एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।