राष्ट्रिय वाणिज्य बैंकले माघ १० गतेदेखि स्मार्ट ब्राञ्च सञ्चालन गर्ने

Jan 21, 2019 Merolagani

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBB) ले ५४ औं वार्षिकोत्सवको अवसर पारेर माघ १० गतेदेखि पहिलो चरणमा तीनवटा ब्राञ्चलाई स्मार्ट ब्राञ्चको रुपमा सञ्चालन गर्ने भएको छ। बैंकले नक्साल, पुल्चोक र हेटौंडा शाखा कार्यालयहरुलाई स्मार्ट ब्राञ्चको रुपमा सञ्चालन गर्न लागेकाे हाे ।

बैंकले ग्राहकमैत्री सेवा र ब्यवहारलाई प्राथमिकतामा राख्दै आकर्षक भौतिक पूर्वाधार, चुस्त तथा सहज सेवा र आधुनिक इलेक्ट्रोनिक उपकरणहरुको अधिकतम प्रयोग गर्ने गरी सो ब्रोञ्जहरु सञ्चालन हुने जनाएको छ ।

स्मार्ट ब्राञ्चबाट शाखा अख्तियारी भित्रका ३० लाख रुपैयाँ सम्मका ब्यवसाय कर्जा, २५ लाख रुपैयाँ सम्मको घर कर्जा, २० लाख रुपैयाँसम्मको गाडी कर्जाहरु सबै कागजात प्राप्त भएको सात कार्यदिन भित्र लगानी गरिने छ ।

राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुलाई चरणगत रुपमा स्मार्ट ब्राञ्चको रुपमा विकास गर्दै लैजाने जनाएको छ ।

सातै प्रदेशमा प्रदेश/सम्पर्क कार्यालय स्थापना, थप तीन शाखा विस्तार

काठमाडौं महानगरपालिका वडा न. ६ मा प्रधान कार्यालय रहेको राष्ट्रिय वाणिज्य बैक लिमिटेडले गत पुसमसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय÷सम्पर्क कार्यालय स्थापना गरिसकेको जनाएको छ ।

यसबीच बैंकले काठमाडौं, जाजरकोट र रुकुम पूर्व जिल्लामा गरि थप ३ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले काठमाडौंको बौद्ध, जाजरकोटको भेरी नगरपालिका वडा न. ४ गौरीखाली स्थित जाजरकोट र रुकुम पूर्व जिल्लाको सिस्ने गाँउपालिका वडा न. ६ मा रुकुमकोट शाखा कार्यालय विस्तार गरि कारोबार शुभारम्भ गरेको हो ।

थपिएका तीन शाखा कार्यालय सहित राष्ट्रिय वाणिज्य बंैकको शाखा कार्यालयहरुको संख्या २१५ पुगेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।