एनसीसी बैंक र नर्भिक इन्टरनेशनल अस्पतालबीच सम्झौता

Jan 21, 2019 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) र नर्भिक इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नर्भिक इन्टरनेशनल अस्पताल तर्फबाट कार्यकारी सञ्चालक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरूले नर्भिक इन्टरनेशनल अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।