सिटिजन्स र एक्सिस बैंक भारत बीच रेमिटेन्स सम्झौता

Jan 21, 2019 Merolagani

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एक्सिस बैंक लिमिटेड, भारतबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ। यस अनुसार एक्सिस बैंक मार्फत भारतबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम बैंकको ८१ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिनेछ।

बैंकले यस अघि कतारको दोहा बैंक, यू.के को क्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड, यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसँग सम्झौता गरी ती विप्रेषण कम्पनीहरु बाट बैंकिङ्ग प्रणालि मार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरु बाट गर्दै आइरहेको छ ।

यसको अतिरिक्त स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसँग सहकार्य गरी बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, जि. एम. इ. रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस ,आईपे रिलायबल ,बुम रेमिट, ओभरसिज रेमिट, सिजि मनि र मुक्तिनाथ रेमिट बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।

यसका साथै बैंकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेका विभिन्न विप्रेषण कम्पनीसँग सम्झौता गरी विप्रे्रषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ ।

नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।