सोमबार एक विज्ञप्ति जारी गर्दै बोर्डले लगानीकर्ताले आइपिओ आवेदन गर्न र शेयर नपरेको रकम फिर्ता पाउन झण्झट ब्यहोर्न परेको भन्दै यस्तो व्यवस्था गर्नु परेको बताएको छ ।
यस अघि धितोपत्रको सार्वजनिक निष्काशनमा उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले आस्वा प्रणालीमार्फत आवेदन दिने व्यवस्था थिएन । जसले गर्दा स्थानीय वासिन्दाहरुले दरखास्त दिन झन्झट वेहोर्नु परिरहेको थियो ।
साथै धितोपत्र बाँडफाँट पश्चात शेयर नपरेको रकम फिर्ता लिन तथा धितोपत्र प्रमाणपत्र लिनका लागि पटक पटक निष्काशन तथा बिक्रीप्रबन्धकले तोकेको संकलन केन्द्रमा जानुपर्ने अवस्था विद्यामान थियो ।
धितोपत्र बोर्डका अनुसार उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दालाई समेत फाल्गुन १ गते देखि ऐच्छिक रुपमा आस्वा प्रणालीमार्फत आवेदन दिने व्यवस्था गर्न सबै निकायलाई निर्देशन दिइ सकिएको छ ।
माथिल्लो तामाकाशीको आयोजना प्रभावितहरुको लागि निष्काशन गरिएको आइपिओ आवेदनमा पनि सर्वसाधारणले पुरानो प्रणाली अन्र्तगत आवेदन गर्दा निकै सास्ती खोपेका थिए ।
यस्तै धितोपत्र बोर्डले उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले प्राप्त गरेको सेयरको लकईन पिरियडमा डिम्याट खाताको र्वािर्षक नवीकरण शुल्क पनि मिनाह दिने व्यवस्था गरेको जनाएको छ ।