हायर पर्चेज कर्जा दिने कम्पनीले स्वीकृतिका लागि राष्ट्र बैंकले तोकिएको चुक्ता पूँजी सहित न्युनतम शर्तहरु पालन गर्नुपर्दछ । नयाँ कम्पनीको हकमा चुक्ता पूँजीको ०.२ प्रतिशतले हुन आउेन दस्तुर राष्ट्र बैंकमा बुझाउनु पर्नेछ । यो चुक्ता पूँजी ०.१ प्रतिशत मात्रै बुझाउनु पर्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरु संचालन गर्न स्वीकृति दिँदा कारोबार स्वस्थ, प्रतिस्पर्धात्मक र प्रभावकारीबारे अध्ययन गर्दछ । कम्पनीले स्वीकृति पाएको ६ महिना भित्र कारोबार गरिसक्नु पर्ने समेत व्यवस्था छ ।
यस्ता कम्पनीले पाएको स्वीकृति प्रत्येक दुई आर्थिक वर्ष समाप्त भएपछि साउन मसान्त सम्ममा २ लाख रुपैयाँ नविकरण शुल्क बुझाउनु पर्नेछ । अवधि सकिएपछि भदौसम्म नविकरण शुल्कमा लाग्ने १० प्रतिशत र असोज मसान्त भित्र २० प्रतिशत थप शुल्क बुझाएर नविकरण गर्न सकिन्छ ।
असोज सम्ममा पनि नविकरण नगरे कम्पनीको अनुमति स्वतः रद्ध हुनेछ । यस्तै स्वीकृति एकपटक रद्ध भएपछि पुनः सोहि कम्पनीलाई स्वीकृति नदिइने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।
कम्पनीले ऋण तथा सापटी लिइ कर्जा प्रदान गरेको अवस्थामा ऋण तथा सपटीमा दिनुपर्ने ब्याजदरमा ३ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा व्याजदर कायम गर्ने पर्ने व्यवस्था गरेको छ ।