संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यता समेत प्रभावित हुने अवस्था सिर्जना भएको अख्तिायारले जनाएको छ ।
पछिल्लो मर्यदाक्रमले संवैधानिक निकायका प्रमुखहरुको मनोबलमा समेत असर पर्न जाने भन्दै आयोगले संवैधानिक निकायका आयुक्त एवं सदस्यहरुको मर्यादाक्रम साविकको अवस्थाको बनाउन सरकारलाई आग्रह गरेको छ ।