गोर्खाज फाइनान्सद्धारा साधारण सभा आह्वान, फागुन १ गतेदेखि बुकक्लोज

Jan 22, 2019 Merolagani

गोर्खाज फाइनान्स (GUFL) ले फागुन १० गते चौविसौं वार्षिक साधारण सभा आह्वान गरेको छ। फाइनान्सले बिहान ११ बजे सेलेब्रशन व्याङकेट, नक्साल काठमाडौंमा सभा बोलाएको हो।

तीन वर्षयता शून्य लाभांश

गाेर्खाज फाइनान्सले गत आर्थिक वर्षकाे साधारण सभा पनि बिना लाभांश आह्वान गरेकाे छ। फाइनान्सले आफ्ना शेयरधनीलाइ तीन आर्थिक वर्षयता लाभांश वितरण गर्न सकेकाे छैन। तत्कालीन काठमाडौं फाइनान्सका शेयरधनीले आर्थिक वर्ष ०७१/७२ मा ७ प्रतिशत बोनस पाएका थिए । त्यस यता फाइनान्सका शेयरधनीले लाभांश प्राप्त गर्न सकेका छैनन्।

तत्कालीन राष्ट्रिय स्तरको गोर्खा डेभलपमेन्ट बैंक  संकटग्रत बन्दा राष्ट्र बैंकको अगुवाईमा काठमाडौं फाइनान्समा मर्जर भई २०७२ चैत्रदेखि एकीकृत कारोबार थालेको थियो। 

आर्थिक वर्ष २०७३/७४ मा फाइनान्स १३ करोड २८ लाख नाफामा पुगेको थियो। ८६ करोड ७९ लाख चुक्ता पूँजी रहेको फाइनान्सको गत असारसम्ममा एक करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो समयसम्म फाइनान्सको जगेडा कोषमा ३३ करोड ३६ लाख रुपैयाँ सञ्चित छ भने खराब कर्जा अनुपात ४.६७ प्रतिशत रहेको थियो । 

फाइनान्स कम्पनीले फागुन १ गतेदेखि बुकक्लोज गर्ने जनाएको छ । यसअनुसार माघ २९ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् । 

साधारण सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्तको वासलात तथा नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने तयारी गरेको छ ।

फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण पनि गर्नेछ ।

यस्तै सर्वसाधारणहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी नियुक्त गरेको सञ्चालकलाई बाँकी कार्यकालको लागि अनुमोदन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीको बारेमा साधारण सभालाई जानकारी गराउने तयारी गरेको छ ।

साधारण सभाले कम्पनीको प्रबन्धपत्र, नियमावली संसोधन गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।