आगामी दुई वर्ष आर्थिक वृद्धिमा चीनलाई उछिन्दै भारत

Jan 22, 2019 Merolagani

भारतीय अर्थव्यवस्थाको वृद्धिदर सन् २०१९ मा ७.५ प्रतिशत तथा २०२० मा ७.७ प्रतिशत हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले दुई वर्षमा चीनको तुलनामा भारतीय अर्थव्यवस्थाको वृद्धिदर एक प्रतिशतले बढी रहने अनुमान लगाएको छ।

सन् २०१९ र २०२० मा चीनियाँ अर्थव्यवस्थाको वृद्धि ६.२ प्रतिशत मात्र रहने अनुमान लगाइएको छ । 

आईएमएफले जनवरीको आफ्नो विश्व अर्थव्यवस्था परिदृश्य अपडेटमा भनेको छ कि, भारत दुनियाँको सबैभन्दा तीव्र गतिमा बढ्दो अर्थव्यवस्था भएको मुलुक हुनेछ । भारतीय अर्थव्यवस्थाले प्रगतिको गति समाउने छ ।

यसको प्रमुख कारण तेलको मूल्यमा कमी तथा मुद्रास्फीति दबाब कम हुनाले मौद्रिक अवस्था नरम हुने रहेको बताइएको छ ।

आईएमएफले सन् २०१९ का लागि विश्व आर्थिक वृद्धि अनुमान घटाएर ३.५ प्रतिशत र २०२० का लागि ३.६ प्रतिशत हुने बताएको छ । विश्वभरका विभिन्न विकसित अर्थव्यवस्थाको अनुमानबाट आईएमएफले आफ्नो अनुमान घटाएको हो ।

आईएमएफले विश्व आर्थिक वृद्धिको तीन महिना पहिलेको अनुमानलाई क्रमशः ०.२ र ०.१ प्रतिशतले घटाएको छ । उसले सन् २०१८ मा विकसित देशको आर्थिक वृद्धि २.३ प्रतिशत रहने अनुमान लगाएको छ ।

रिपोर्टका अनुसार, विकासशील एसियाको २०१८ को आर्थिक वृद्धि ६.५ प्रतिशतबाट घटेर २०१९ मा ६.३ प्रतिशतमा झर्ने छ । २०२० मा उक्त वृद्धि ६.४ प्रतिशत पुग्ने बताइएको छ ।

चीनको आर्थिक वृद्धिदर सन् २०१७ मा ६.९ प्रतिशत थियो, जबकि त्यस बर्ष भारतीय अर्थव्यवस्था ६.७ प्रतिशत थियो । २०१८ मा चीनको आर्थिक वृद्धि ६.६ प्रतिशत रहेको छ । जुन चीनको करिब तीन दशककोसबैभन्दा न्यून वृद्धिदर हो । २०१९, २०२० मा चीनको आर्थिक वृद्धि अझै घट्ने अनुमान लगाइएको छ ।

विश्व दुई ठूला अर्थव्यवस्था भएका मुलुक चीन र अमेरिका बीचको व्यापार युद्ध र निर्यातमा गिरावट चीनियाँ अर्थव्यवस्था खस्कनुको मुख्य कारण मानिएको छ । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।