हाल सञ्चालनमा रहेको बीमा योजनामा बीमितले यो सुविधा थप गरेर लिन सकिने कम्पनीले जनाएको छ ।
यो ऐच्छिक सुविधा (पूरक करार) बाट बीमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका १८ प्रकारका घातक रोगमध्ये कुनै पनि एक घातक रोग निरुपण (म्ष्बनलयकष्क) भएमा उपचार खर्चबापत एकमुष्ठ ५० हजारदेखि ५० लाख रुपैयाँसम्म भुक्तानी पाउनेछन् ।
यस सुविधा लिन १६ देखि ६० वर्ष सम्मका व्यक्ति सहभागि हुन पाउने र बीमा रकम भुक्तननी लिनका लागि अस्पतालको बिल पेश गर्नु नपर्ने कम्पनीले जनाएको छ ।
मानव स्वास्थ्यमा कुनै गडबडीको कारण आइपर्ने गम्भीर रोगको उपचारमा खर्चको लागी “एशियन क्रिटिकल केयरले बीमितलाई तनावबाट टाढा राख्ने कम्पनीको दाबी छ । यो सुविधा मूल बीमालेखमा ऐच्छिक सुविधाको रुपमा लिन सकिने व्यवस्था हो ।
कम्पनीले देशभर २९ शाखा र ७९ उपशाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । हाल कम्पनीको अधिकृत पूँजी ५ अर्ब, चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने २०७५ पौष मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको कम्पनीले जनाएको छ ।