वैदेशिक राेजगारीमा जाने नागरिकले पाउने डलर सटही सुविधामा अंकुश

Jan 22, 2019 Merolagani

श्रम स्वीकृती लिएर वैदेशिक रोजगारिमा जाने नेपालीले अधिकतम दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै एकीकृत परिपत्र २०७४ को बुँदा १ को खण्ड (ख) को ३ संशोधन एवं परिमार्जन गरेर नयाँ व्यवस्था कार्यन्वनमा ल्याएको हो।

संशोधित परिपत्र अनुसार सरकारबाट अनुमति लिएर अब वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले दुई सय डलर राहदानीमार्फत सटही गर्न सक्नेछन्। यस अघि वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले ५ सय अमेरिकी डलर सटही गर्न पाउँथे। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।