शनिबारसम्म मौसम प्रतिकुल रहने, काठमाडौं वरपरका अग्ला पहाडमा बाक्लो हिउँ

Jan 23, 2019 Merolagani

बुधबार रातिबाट देशैभर सुरु भएको हल्का वर्षा र उच्च हिमाली क्षेत्रको हितपात शुक्रबार रातिसम्म कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ ।

आज देशको हिमाली भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको विभागले जनाएको छ । बुधबार राति देशभर सामान्यतया बदलि हुने र पश्चिमि क्षेत्रका केहि स्थानहरु तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ । साथै देशको हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना रहेको छ ।

माघ १० गते बिहिवार दिउँसो देशको पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते शु्क्रबार दिउँसो देशभर पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा सामान्य देखि पूर्ण बदलि हुने विभागको पूर्वानुमान छ । पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ । साथै देशको हिमाली भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना छ ।

शुक्रबार राती देशभर सामान्यतया बदलि हुनेछ । पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ । साथै देशको हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात
गए रातिको झरीसँगै काठमाडौं उपत्यका वरपरका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । चन्द्रागिरी, फुलचोकी, शिवपुरी, दामन लगायतका क्षेत्रमा हिमपात भइरहेको छ ।

मुस्ताङमा हिमपातले हवाई तथा सडक यातायात सेवा प्रभावित
मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । सडकमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।