गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले १२ लाख ३८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
लघुवित्तले यस अवधिमा ब्याज आम्दानी राम्रो सुधार गरेपछि नाफामा वृद्धि भएको हो। यस अवधिमा ९ करोड ५२ लाख रुपैयाँ व्याज आम्दानी गरेको लघुवित्तले ५ करोड ६१ लाख रुपैयाँ व्याज खर्च गरेको छ । खुद ब्याजवाट मात्रै कम्पनीले ३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको हो ।
दोस्रो त्रैमाससम्ममा ८८ करोड ६४ लाख रुपैयाँ सापटी लिएको संस्थाले ३९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १८ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
१४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा एक करोड ८३ लाख रुपैयाँ सञ्चित छ । संस्थाको खराब कर्जा अनुपात १.३३ प्रतिशत रहेको छ ।
६ लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी
लघुवित्त कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६ करोड बराबरको लागि ६ लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसका लागि सिभिल क्यापिटल मार्केटलाई शेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
लघुवित्तले निष्काशन गर्न लागेको आईपिओलाई रेटिङ्ग पनि गराइ सकेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको लघुवित्तलाई ‘केयर एनपि आईपिओ ग्रेड ४’ दिएको छ । यो रेटिङ्ग ग्रेडले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको जनाउँछ ।
अब शेयर निष्काशनको लागि अनुमति माग गदेै लघुवित्त धितोपत्र बोर्ड जानेछ । बोर्डबाट स्वीकृत पाएको दुई महिनाभित्रमा कम्पनीको आईपिओ जारी हुनेछ ।
हाल १४ करोड चुक्ता पूँजी रहेको कम्पनीले आइपिओ निष्काशन पछि चूक्ता पूँजी २० करोड कायम हुनेछ ।