कालिका लघुवित्तको खुद नाफा २४.८१% घट्यो, प्रतिशेयर आम्दानी ९ रुपैयाँ

Jan 23, 2019 Merolagani

कालिका लघुवित्तले वित्तीय संस्था (KMCDB) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ४९ लाख १८ हजार खुद नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको तुलनामा २४.८१ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले ६५ लाख ४१ हजार खुद नाफा आर्जन गरेको थियो । 

चुक्ता पूँजी १० करोड ८० लाख रहेको लघुवित्तको जगेडा कोषमा ५ करोड १८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा ३० प्रतिशतले पूँजी बढाएको यस कम्पनीको जगेडा कोषको आकार ७ प्रतिशत बढीले घटेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तले ६० करोड २६ लाख निक्षेप संकलन र ८३ करोड ५५ लाख सापटीबाट एक अर्ब ५३ करोड ८ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

यस अवधिमा लघुवित्तले ६ करोड २ लाख ८८ हजार खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष लघुवित्तले ४ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षमा १५ रुपैयाँ ८६ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ११ पैसामा खुम्चिएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १०० गुणा बढी छ ।

प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३ पैसा रहेको लघुवित्तको निष्क्रिय कर्जा अनुपात भने २.२३ बाट १.५९ प्रतिशतमा झरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।