साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, गत आर्थिक वर्षको लेखा परिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्नेछ ।
यस्तै साधारण सभामा आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण तगारी गरेको छ ।
संचालक समितिले खुद नेटवर्थको सम्बन्धमा तयार गरेको रणनितिक कार्ययोजना सम्बन्धमा पनि साधारण सभाले छलफल गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २० गते देखि फागुन ३ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार माघ १७ गते बिहिबार सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन् ।
गत जेठमा ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयर जारी गरेको कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ छ ।
हाल कम्पनीले ललितपुरको खानीखोलाबाट २ मेगावाट बिजुली उत्पादन गर्ने गरी आयोजना बनाएको छ भने अर्को साढे चार मेगावाटको टुंगुन ठोस्ने खोला आयोजना निमार्णाधीन छ ।