चालू आवको ६ महिना अवधिमा तिनाउले ४ करोड ७ लाख खुद नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ३ करोड ९९ लाख खुद नाफा आर्जन गरेको थियो ।
५० करोड ६९ लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६१.८८ प्रतिशतले वृद्धि भई १८ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा बैंकले ५ अर्ब १७ करोड ३८ लाख निक्षेप संकलन र ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा परिचालन क्रमश १९.४२ र २५.२४ प्रतिशतले बढाएको हो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा बैंकले ९ करोड ६० लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्षको यसै अवधिमा बैंकले ८ करोड ३ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको निष्क्रिय कर्जा अनुपात भने ०.२८ बाट बढेर ०.४६ प्रतिशत पुगेको छ । चुक्ता पूँजी स्थिर रहँदा प्रतिशेयर आम्दानी समान्य सुधार भई १६ रुपैयाँ ८ पैसा पुगेको बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ २ पैसा र मूल्यआम्दानी अनुपात ९.५२ गुणा बढी छ ।