मन्त्रिपरिषद् बैठकःकुटनीतिक नियोगको जग्गामा हदबन्दी,गोरखकाली रबरका कर्मचारीलाई अवकाश

Jan 24, 2019 Merolagani

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेपालस्थीत कुटनीतिक नियोगलाई उपलब्ध गराईने जग्गामा नयाँ हदबन्दी कायम गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार अब महावाणिज्य दूतावासका लागि ३, राजदूतावासका लागि ४ र बाणिज्य दूतावासका लागि ८ रोपनी जग्गा उपलब्ध गराउने निर्णय सरकारले गरेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन विछ्याउन ८० हजार भन्दा धेरै रुख कटान गर्न दिने निर्णय पनि गरेको छ । बैठकले गोरखकाली रबर उद्योगका सम्पूर्ण कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय पनि गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।