घटेको बजारमा शेयर मूल्य बढ्ने यस्ता छन् ५६ कम्पनी

Jan 24, 2019 Merolagani

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसुचक नेप्सेमा झिनो अंकको गिरावट आउदा ७९ कम्पनीको शेयर मूलय घटेको छ । कारोबार रकममा भने सुधार देखिएको बजारमा ५६ कम्पनीको शेयर मूल्य बढेको छ । बाँकी रहेका २७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । नेप्से सूचक ०.२० अंकले घटेको बजारमा कारोबार रकम करिब ६ करोड ७७ लाख रुपैयाँले बढेको छ ।

बिहीबार १६२ कम्पनीका ९ लाख ९२ हजार ९३० कित्ता शेयर किनबेच भएका छन् । बुधबार २४ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार उल्लेखित शेयरहरु ३१ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यस दिन सबै भन्दा धेरै शेयरमूल्य बढ्ने कम्पनीका रुपमा कन्काई विकास बैंक परेको छ । बैंकको शेयर मूल्य ५.१३ प्रतिशत अर्थात ६ रुपैंयाले बढेर १२३ रुपैंया पुगेको छ । यस्तै, नागरिक लगानी कोषको ४.९८, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ३.९६, तिनाँउ विकास बैंकको ३.२३ र किसान माइक्रोफाइनान्सको शेयर मूल्य ३.०५ प्रतिशतले बढेका छन् ।

गुडविल फाइनान्स, ङादी पावर, राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य २ प्रतिशतभन्दा धेरै बढेको बजारमा युनिलिभर नेपाल र बरुण हाइड्रोको शेयर मूल्य १.९ प्रतिशतले बढेको छ । उल्लेखित १० कम्पनीसँगै शेयर मूल्य बढ्ने ४९ कम्पनीको सूची यहाँ क्लिक गरेर हेर्नुहोस् ।

यता जनता बैंकको संस्थापक शेयरको मूल्य सबै भन्दा धेरै अर्थात ८.२६ प्रतिशतले घटेको छ । बिहीबारको समग्र बजारलाई तल झार्न यही जनता बैंकको संस्थापक शेयरले ठुलो भूमिका खेलेको छ ।

नागबेली लघुवित्तको ५.२२, नेपाल सेवा लघुवित्तको ४.१९, सानिमा इक्युटी फण्डको इकाई मूल्य ३.७, सेन्ट्रल फाइनान्सको शेयर मूल्य ३.४७ प्रतिशतले घटेको बजारमा युनाइटेड इन्स्योरेन्स, ग्रीन डेभलपमेण्ट बैंक, विजय लघुवित्त, सिन्धु विकास बैंक र स्वरोजगार लघुवित्तको शेयरमूल्य औसतमा २.६० प्रतिशतले घटेको छ । उल्लेखित शिर्ष १० कम्पनी सहित शेयर मूल्य घट्ने ७९ कम्पनीको सूची यहाँ क्लिक गरेर हेनुहोस् ।

समुहगत आधारमा निर्जीवन बीमाको सुचक १७.२७ अंकले बढेको बजारमा उत्पादन तथा प्रशोधन ११.४८, अन्य ७.४७, होटल २.२९ र विकास बैंक २.२ अंकले उकालो लागेका छन् ।

यस्तै सबै भन्दा धेरै जीवन बीमाको सूचक १०.२२ अंकले ऋणात्मक भएको बजारमा हाइड्रोपावर ९.०३, माइक्रोफाइनान्स २.२६, वाणिज्य बैंक १.९९ र फाइनान्स ०.३६ अंकले ओरालो लागेका हुन् ।

मिश्रित उतारचढाव देखिएको बजारमा वाणिज्य बैंक समुहले समग्र सुचकलाई तल तानेको हो । यो समुहमा पनि जनता बैंकको संस्थापक शेयरको मूल्य धेरै घट्दा बजारमा त्यसको नकरात्मक असर देखिएको हो । अरु सूचक र अरु समुहका कम्पनीको शेयर मूल्यमा आएको परिवर्तनको असर बजारमा कम देखिने गरेको छ ।

उल्लेखित शेयर मूल्य बढेका कम्पनीको शेयर मूल्य बिहीबारभन्दा अघिका दिनमा के भएको थियो भन्ने आधारमा कति लगानीकर्ताले घट्दो बजारमा नाफा सुरक्षित गरे भन्ने तथ्य केलाउन सकिन्छ ।

...[नेप्से सूचक बढ्यो कि घट्यो भन्दापनि आफ्नो शेयर के भयो, त्यता ध्यान दिने कि !]...

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।