साधना लघुवित्तले कमायो ५६ लाख ८३ हजार खुद नाफा

Jan 25, 2019 Merolagani

साधना लघुवित्त (SADHANA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५६ लाख ८३ हजार खुद नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्त १५ लाख २१ हजार खुद नोक्सानीमा रहेको थियो ।

समीक्षा अवधिसम्ममा लघुवित्तले २ करोड ४५ लाखबाट चुक्ता पूँजी शतप्रतिशत बढाएर ४ करोड ९० लाख पुर्याएको छ भने जगेडा कोषमा ५७ लाख २७ हजार रुपैयाँ सञ्चित छ । गत वर्षको यसै अवधिमा लघुवित्तको जगेडा कोष १५ लाख १९ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । 

त्यसैगरी निक्षेप संकलन ९३ लाख ९९ हजारबाट बढाएर १२ करोड ४६ लाख ५६ हजार पुर्याएको छ भने ६५ करोड ३४ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । यसका लागि लघुवित्तले ५१ करोड ६३ लाख सापटी लिएको छ ।

यस अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ४ लाख ७७ हजारबाट बढाएर एक करोड ७७ लाख पुर्याएको छ ।

यसअवधिमा साधना लघुवित्त कम्पनीकाे वार्षिक प्रतिशेयर आम्दानी २३ रूपैयाँ २०९ पैसा र  खराब कर्जा अनुपात शून्य प्रतिशत रहेकाे छ ।

साधना लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारण सभाले चार करोड ९० लाख रुपैयाँ चुक्ता पूँजीको १०५ प्रतिशत (१ः१.०५) हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारीपछि १० करोड चार लाख पचास हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको लघुवित्तले २६ शाखा कार्यालय मार्फत १८ हजार ५०० भन्दा बढी सदस्यहरुलाई समुहमा आबद्द गराई १० हजार बढी सदस्यालाइ लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेकाे छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।