प्यान अनिवार्य गर्ने बारे नेप्से र लगानीकर्ताको छलफलमा यस्तो भयो सहमति

Jan 25, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले (प्यान) अनिवार्य गर्ने सम्बन्धमा लगानीकर्ताबाट आएका सुझाब धितोपत्र बोर्डमा पठाउने भएको छ ।

लगानीकर्ताका विभिन्न संगठनका नेताहरुसंग शुक्रबार भएको गहन छलफलमा घट्दो बजारमा प्यानले असर गर्ने भन्दै लगानीकर्ताहरुले बजार सुधारका अन्य काम पहिले सम्पन्न गर्न नेप्सेको ध्यानाकर्षण गराएका थिए ।

वर्तमान नेपालको पूँजी बजार अत्यन्तै नाजुक परिस्थितिमा रहेको भन्दै लगानीकर्ताका नेताहरुले प्यान लिनु अनिवार्य नभई उत्साहित हुने वातावराण निमार्ण गर्न नेप्सेसंग आग्रह गरेका थिए ।

प्यानको औचित्यबारे सुझाब दिन अध्ययन समिति गठन गरियोस् भन्दै लगानीकर्ताहरुले आफूहरु प्यान लागू गर्ने विषयको विरोधमा नरहेको बताएका थिए ।

करिब चार घण्टा चलेको छलफलमा लगानीकर्ताहरुको तर्फबाट आएको सुझाब आफ्नो नियमक निकाय धितोपत्र बोर्डमा पठाउन नेप्से राजी भएको थियो ।

यस अघि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र लेख्दै २०७६ वैशाख १ गते देखि शेयर खरिदकर्तालाई अनिवार्य प्यानमा जाने वातावरण बनाउन निर्देशन दिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।