प्यानको विषयमा भ्रममा नपर्न नेप्से र लगानीकर्ता संगठनको आग्रह

Jan 25, 2019 Merolagani

पूँजी बजारमा आबद्ध ५ संंगठनले स्थायी लेखा नम्बर (प्यान)लाई पूँजी बजारमा तत्काल अनिवार्य नगर्न सुझाव दिएका छन् । आगामी बैशाख १ गते देखि प्यान अनिवार्य गर्ने वातावरण मिलाउन धितोपत्र बोर्डले गरेको निर्देशनपछि नेप्सेमा छलफलका लागि पुगेका लगानीकर्ताहरुले साे सुझाव दिएका हुन् ।

लगानीकर्ताहरुले प्यानलाई ऐच्छिक बनाउँदै तत्काल नेपाल सरकारद्धारा गठित अध्ययन समितिले दिएका ८५ बुंदे सुझाव कार्यन्वयन गर्न नियमक निकायको ध्यानाकर्षण गराएका छन् ।

छलफल पछि संयुक्त विज्ञप्ती जारी गर्दै नेपाल इन्भेष्र्टस फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजी बजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दवाव समुहले प्यानको विपक्षमा आफुहरु कहिले पनि नभएको तर प्यानलाई जनचेतनामुलक कार्यक्रम सहित स्वेच्छिक बनाउनु पर्ने पक्षमा रहेको उल्लेख गरेका छन् ।

यसै बीच नेप्सेले पनि एक विज्ञप्ती जारी गर्दै प्यानका विषयमा लगानीकर्ताहरुवाट आएका सुझाव धितोपत्र बोर्डमा प्रस्तुत गरिने जानकारी दिएको छ ।

नेप्से र लगानीकर्ता संगठनहरु दुवै पक्षले प्यानका विषयमा भैरहेको नकारात्मक टिप्पणीहरुवाट भ्रममा नपरी पुर्ववत् रुपमा कारोबार गर्न लगानीकर्तालाई आग्रह गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।