एभरेष्ट इन्स्योरेन्सको झण्डै दुई लाख कित्ता शेयर लिलामीमा आउने

Jan 26, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) को हकप्रदमा अवितरित एक लाख ९७ हजार ७१७ कित्ता हकप्रद लिलाम बढाबढमा आउने भएको छ। बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद निष्काशन गर्दा सो परिमाणमा हकप्रद बिक्री नभएपछि लिलामी मार्फत बिक्री गर्न लागिएकाे कम्पनीले जनाएकाे छ ।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले मंसिर १६ गतेदेखि पुस २२ गतेसम्म कूल १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक समूहको हकप्रद बिक्री खुला गरेको थियो । सो शेयरमा १२ लाख ५ हजार ६०८ कित्ताका लागि मात्र आवेदन परेकोले सो शेयर माघ ९ गते बाँडफाँड गरिएको जनाएको छ ।

बीमा समितिको निर्देशन अनुरुप संस्थापक शेयर हिस्सा ५१ प्रतिशतकायम गर्न पहिलो चरणमा कम्पनीले १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गरेको थियो । यो लिलामी पश्चात कम्पनीले ३०० प्रतिशत हकप्रद बिक्री गरि एक अर्ब रुपैयाँ पूँजी कायम गर्ने जनाएको छ ।

संस्थापक शेयरको लिलामी बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

सो पश्चात बिक्री हुने ३०० प्रतिशत हकप्रद पूँजीकरण पश्चात एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ चुक्ता पूँजी कायम हुने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।